घरको पर्खालले किचेर झापामा एक जना युवाको मृत्यु


झापा, २२ श्रावण । झापामा घरको पर्खाल भत्किएर किच्दा एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–२ का ३५ वर्षीय रूपेश सिंह रहेको प्रहरीले जनाएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार स्थानीय विकाश अग्रवालको घर भत्काउने क्रममा बिहीबार पर्खाल ढलेर किच्दा गम्भीर घाइते भएका सिंहको उपचारको क्रममा दिउँसो बिर्तामोडको बि एन्ड सी अस्पतालमा मृत्यु भएको छ । 

मृतक सिंह घर बनाउने मिस्त्रीको रूपमा काम गर्दै आएको बताइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्