रहेनन् बेलबारीका बौद्धिक व्यक्तित्व हर्क गुरुङ


बेलबारी, २१ श्रावण । बेलबारीका बौद्धिक व्यक्तित्व हर्कबहादुर गुरुङको निधन भएको छ । लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय गुरुङको बिहीबार बिहान ४.२० मा उपचारका क्रममा विराट नर्सिङ होम विराटनगरमा निधन भएको परिवारका श्रोतले जानकारी दिएको छ । 

बेलबारीमा एक बौद्धिक व्यक्तित्वको छवि बनाएका गुरुङ बेलबारी –२ मा रहेको शिक्षा सन्देश इ स्कुल र बेलबारी –१ मा रहेको सगरमाथा इङ्ग्लिस स्कुलका सञ्चालकसमेत रहेका थिए । 

५३ वर्षीय गुरुङका श्रीमती र एक छोरा रहेका छन् । उनी पछिल्लो समय सुकुना बहुमुखी क्याम्पसको प्लस टु विज्ञान कार्यक्रमका विभागीय प्रमुखको भूमिका निभाउँदै आएका थिए ।  उनको बिहीबार नै धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्