युबेन गुरुङद्वारा पदमलाई उपचारार्थ रकम रु.१ लाख सहयोग


सुन्दरहरैचा, २१ बिहीबार । लामो समयदेखि अशक्त अवस्थामा रहेका फुटबल खेलाडी पदम भट्टराईलाई युबेन गुरुङले उपचारार्थ रकम रु.१ लाख प्रदान गरेको छ । बिहीबार गुरुङले अजित मादेन मार्फत उपचारार्थ रकम प्रदान गरेका हुन ।

धनकुटा निवासी पदम भट्टराईको फुटबल खेल्ने क्रममा नै दाहिने खुट्टामा चोट लागे पछि असक्त भएका थिए । उनी हाल काठमाडौँमा नै उपचार गरिरहेका छन् । ‘ए’ डिभिजन क्लब ब्रिगेड ब्वाईज क्लब (बीबीसी) मा पदम अनुबन्धित थिए । उनी प्रदेश नं. १ को एक उद्याउँदो उत्कृष्ट खेलाडी हो भन्दा फरक पर्दैन ।

पदमलाई आर्थिक अभावको कारण उपचारमा प्रभाव नपरोस् भन्ने सोचले एक लाख रुपैयाँ सहयोग गरेको युबेन बत्ताऊ छन् । युबेनका अनुसार पूर्व क्षेत्रमा प्रतियोगिता हुँदा सगरमाथा यूथ क्लब सुन्दरहरैचाबाट पदमले खेल्ने गर्थे । युबेन सगरमाथा यूथ क्लबका प्रशिक्षक पनि हुन ।

युबेन भन्छन्, ‘पदम धेरै राम्रो खेलाडी हो । राष्ट्रिय टिममा पनि पर्न सक्ने प्रबल सम्भावना बोकेको खेलाडी हो । चाँडो रिकभर भए पदमको फुटबलमा राम्रो भविष्य छ । निको भए पछि फेरी सगरमाथा क्लबबाट खेलाउने चाहाना छ ।’

प्रतिक्रिया दिनुहोस्