विराटनगर, २१ श्रावण । पछिल्लो समय कोरोना सङ्क्रमण दर उकालो लाग्दो अवस्थामा देखिएको छ । मोरङमा बिहिवार मात्रै १ सय ७२ सहित प्रदेश नं १ मा आज एकै दिन १ हजार २ सय १ जनामा कोरोना पुष्टि भएको छ ।
बुधवार ९२२ जनामा संक्रमण देखिएकोमा बिहिवार ह्वात्तै बढेर १ हजार २ सय १ पुगेको हो । सामाजिक विकास मन्त्रालयले २ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ७३७ र १ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४६४ जनामा संक्रमण देखिएको जनाएको छ ।
पीसीआर परीक्षणका आधारमा झापामा ४१८, मोरङमा १७२, सुनसरीमा ८५, इलाममा २२, धनकुटामा १६, उदयपुरमा ९, भोजपुरमा ३, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, ते¥हथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मोरङको विराटनगरमा ७२, पथरीशनिश्चरेमा ४६, उर्लाबारीमा १७, सुन्दरहरैँचामा ७, बुढीगंगामा ६, लेटाङ र बेलबारीमा ४–४, रंगेलीमा ३, ग्रामथान, केराबारी, रतुवामाई, कानेपोखरी, मिक्लाजुङ र धनपालथानमा २–२, सुनबर्षीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय जनाएको छ ।
त्यस्तै प्रदेश १ मा आज ६३३ जना कोरोना सङ्क्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।