काठमाडौँ, २० श्रावण । नेपालका कोरोनाले भयावहको रूपले लिने देखिएको छ । पछिल्लो २४ घण्टामा १५३५ जना कोरोना सङ्क्रमित निको हुँदा थप ४,१०७ जनामा कोरोना पुष्टि भएको तथ्याङ्कले भयावहको सङ्केत दिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४,१०७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।उपत्यकामा मात्र १२७९ जना सङ्क्रमित थपिएका छन् ।
काठमाडौँ जिल्लामा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको पिअिसार परीक्षण गर्दा २,९७५ र र ४,९४४ जनाको एन्टीजेन परीक्षण गर्दा १,१३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १,५३५ जना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् ।
सरकारले निषेधाज्ञालाई खुकुलो बनाएसँगै कोरोना सङ्क्रमण दर पुन ः बढ्न थालेको छ । स्वास्थ्यको न्यूनतम मापदण्डको पालना हुन सकेको देखिँदैन । स्वास्थ्य मापदण्डको पालना नहुँने हो भने अझै कठिन अवस्था आउने स्वास्थ्य विज्ञले बताउँदै आएका छन् ।