‘प्रधानमन्त्रीले भने ‘प्रक्रिया पुर्‍याएर चाँडो कुलमानलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्नु’


काठमाडौँ, १९ श्रावण । राम्रो काम गरेर वाहीवाही कमाएका कुलमान घिसिङलाई सरकारले पुनः विद्युत् प्राधिकरणमा ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन : ल्याउन ऊर्जा मन्त्रीलाई निर्देशन दिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मङ्गलवार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा माग गरेकी थिइन् । प्रधानमन्त्री देउवाले पनि कुलमानलाई पुन : विद्युत् प्राधिकरणमा ल्याउन चाहेको आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न मन्त्री भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।

मन्त्रीले राजीनामा मागे पनि शाक्यको तर्फबाट भने यसबारेमा केही जवाफ नआएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्