निर्वाचन आयोगद्वारा लेखापरीक्षण नबुझाउने ४१ वटा राजनीतिक दलको दर्ता खारेज


काठमाडौँ, १९ श्रावण । निर्वाचन आयोगले लेखापरीक्षण नबुझाएको भन्दै करिब चार दर्जनजति राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन आयोगको मङ्गलवार बसेको बैठकले विभिन्न ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको जानकारी दिएका छन् । 

आयोगले खारेज भएका प्रत्येक राजनीतिक दलबाट रु ५० हजार जरिवानासमेत तोकेको छ । जरिमाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरू दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरू दलको पदाधिकारी बन्नसमेत नपाउने भएका छन् । 

निर्वाचन आयोगको यो निर्णयसँगै अब नेपालमा ९५ वटा दलको मात्र दर्ता कायम रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्