नदीमा हाम फालेकी महिलाको जीवितै उद्धार


जनकपुरधाम, १९ श्रावण । सर्लाहीस्थित बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले खोलाले बगाइरहेको अवस्थामा उद्धार गरिएको र उनलाई परिवारको जिम्मा लगाइएको उनले बताएका छन् ।

ती महिला नदीमा किन हाम फलिन भन्ने बारेमा चाहिँ केही खुलाइएको छैन । 

प्रतिक्रिया दिनुहोस्