पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा


काठमाडौँ, १९ श्रावण । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । २००२ बाट आफ्नो क्रिकेट यात्रा सुरु गरेका पारसले आज बिहान सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

पारसले प्रतियोगितामा भाग नलिए पनि आफू एउटा क्रिकेटरका रूपमा भने देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव लागिरहने बताएका छन् । 

उनले लेखेका छन्, ‘इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउने  छौँ ।’

प्रतिक्रिया दिनुहोस्