म्यानमारका सैनिक शासकले आफैलाई गरे प्रधानमन्त्री घोषणा


काठमाडौँ, १८ श्रावण । सैनिक कुमार्फत सत्ता हत्याइको म्यानमारका सेना प्रमुखले आफूलाई प्रधानमन्त्री घोषण गरेका छन् । ६ महिना अघि सत्ता आफ्नो हातमा लिएका सैनिक शासक मीन आङ ल्याइङ्गले आफूलाई देशको शंकटकालीन् प्रधानमन्त्रीको रूपमा घोषणा गरेका हुन् ।

आइतबार टेलिभिजनमा सम्बोधन गर्दै सैनिक प्रमुख मीन आङ ल्याइङ्गले आफूलाई सङ्कटकालीन अवस्थाको प्रधानमन्त्री घोषणा गर्दै निर्वाचन सम्पन्न निर्वाचित सरकरलाई सत्ता सुम्पने बताएका छन् । गत फेब्रुअरी १ मा जननिर्वाचित आङ सान सुकीको सरकारलाई अपदस्त गरेर एकवर्षभित्रमा आम निर्वाचन गर्ने बताउँदै आएको थियो । म्यानमारमा अब सैनिक सरकारको नेतृत्वमा रहेको सरकार सन् २०२३ को अगस्टसम्म रहने छ ।

गत वर्ष भएको निर्वाचनमा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको पार्टीले भारी बहुमत ल्याएको भए पनि निर्वाचनमा धाँधली भएको भन्दै सैनिक शासकले सत्ता आफ्नो हातमा लिएको थियो । सैनिक कुविरुद्धमा आन्दोलन भइरहेको छ । आन्दोलनमा अहिले सम्ममा ९३९ जनाले ज्यान गुमाइ सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्