काठमाडौँ, १७ श्रावण । नेपालमा पछिल्लो २४ घण्टामा २,५६८ जनामा कोरोना भाइरसको सङ्क्रमण थपिँदा २,०२० जनाले कोरोनालाई परास्त गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८,४०२ पीसीआर परीक्षणमा १,९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २,५६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २ हजार २० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।हाल नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । तीमध्ये ९,८७५ जनाको मृत्यु भएको छ भने ६ लाख ५६ हजार १९७ जना सङ्क्रमणमुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार २९८ रहेको छ । जसमध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा छन् भने ३,२३५ जना संस्थागत आइसोलेसनमा छन् ।