सिन्धुली, १७ श्रावण । सिन्धुलीमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् । मेलम्ची नगरपालिका–११ चालिसे गाउँ चापाबोटमा साउन तीनदिन अघि पूजामा सहभागी २८ जना बिरामी परेका हुन् ।
पूजामा प्रसाद खाएकाहरू झाडा पखाला लागेर बिरामी भएको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिएकी छिन् । सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको उपप्रमुख नैपालले जानकारी दिइन् ।
बिरामीमध्ये ३ जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइए पनि अरूको अवस्था भने सामान्य रहेको पाइएको छ ।