बेलबारी, १७ श्रावण । विश्व सेवा विस्तार नामक संस्थाले भारतका विभिन्न स्थानबाट पाँच जना बालकको उद्धार गरिएको छ । त्यसरी उद्धार गरेर ल्याइएका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमका रहेको संस्थाले जनाएको छ ।
उद्धार गरिएका बालकमा मेचीनगर–१ गाडागल्लीका १६ वर्षीय अनीश विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर–५, अधेरीका १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल र दमकका १४ वर्षीय खेम राजवंशी रहेका संस्थाका कोअर्डिनेटर कुमार बस्नेतले बताए ।
संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा भारतमा गएर अभिभावहरूसँग सम्पर्कविवहन भएका ती बालबालिकाहरूलाई उद्धार गरेर उनीहरूका अभिभावकलाई जिम्मा लाएको हो ।
उद्धार गरी ल्याइएका बालकले आफूहरू २०७६ सालमा घुम्नका लागि भारत गएका बेला आफूहरूलाई नियन्त्रणमा लिएर भारतको पश्चिम बङ्गालस्थित जलपाइगुडी जिल्लाको एक बालगृहमा लगिएको बताएका छन् ।