चीनमा पुन : कोरोना सङ्क्रमण फैलिँदै


काठमाडौँ, १६ श्रावण । पछिल्लो समय चीनमा कोरोना सङ्क्रमण बढेको पाइएको छ । कोरोना सङ्क्रमणको सुरुवात भएको मानिने वुहान सहरमा सङ्क्रमण पुन : फैलिएको चिनियाँ सञ्चारमाध्यमहरूले बताएका छन् ।

जुलाई २० मा परीक्षण गर्दा नान्जिङ सहरको विमानस्थलमा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म दुई सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसरी सङ्क्रमण बढेसँगै नान्जिङबाट आउने सबै उडानहरू अगस्ट ११ सम्मको लागि रद्द गरिएको छ । सङ्क्रमण रोक्न नसकेको भन्दै सरकारको आलोचनसमेत भइरहेको छ । आलोचना भएसँगै सरकारले सहरमा परीक्षण व्यापक बनाइएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उक्त सहरका ९३ लाख मानिसको कोरोना परीक्षण गरिने भएको छ । नान्जिङ सहरमा भ्रमणको लागि आएका मानिसको पनि कोरोना परीक्षण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्