अस्ट्रेलियामा सर्वसाधारणले नटेरेपछि सेना परिचालन


काठमाडौँ, १६ श्रावण । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको तर सर्वसाधारणले बेवास्ता गरेपछि अस्ट्रेलियामामा सेना परिचालन गरिएको छ । यतिखेर अस्ट्रेलियाका सिड्नीलगायतका सहरहरूमा अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू खटिएका छन् । 

सेना सङ्क्रमण भएका क्षेत्रमा लकडाउन सम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै खटिन थालेका हुन् । हाल डेल्टा भेरियन्टका कारण अस्ट्रेलियामा ३ हजार मानिस सङ्क्रमित भएका छन् । एक्कासि यसरी सङ्क्रमण बढे पछि लकडाउन गरिए पनि सर्वसाधारणले बेवास्ता गरे पछि अवस्था झन् भयावह बन्ने भन्दै सरकारले थप कडाइ गर्न थालेको छ ।

तर सेना परिचालनप्रति सिड्नीका सर्वसाधारणले भने विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्