महाकाली घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकारद्वारा छानविन समिति गठन


काठमाडौँ १६ श्रावण । महाकाली घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकारले छानबिन समिति गठन गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकाली नदीमा रहेको तुइनको डोरी निकालिदिँदा एक नेपाली नागरिक नदीमा खसेको घटनाबारे छानबिन गर्न सरकारले तीन सदस्यीय छानबिन समिति बनाएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले गृह सचिवको नेतृत्वमा छानबिन समिति गठन गठन गरेका छन् । समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् ।

नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको खबर सार्वजनिक भएको छ । सो घटना अत्यन्तै दुःखद र अमानवीय भएको भन्दै सरकारको प्रमुख घटक काँग्रेस तथा अन्य दललेसमेत विरोध जनाउँदै आएका छन् । उक्त घटनालाई लिएर सर्वत्र विरोध भए पछि गृह मन्त्रालयले छानबिन समिति बनाएको हो । 

प्रतिक्रिया दिनुहोस्