‘सरकार परिवर्तन हुँदैमा नेपाललाई हेर्ने चिनियाँ नीति परिवर्तन हुँदैन’ : राजदूत यान्छी


काठमाडौँ, १५ श्रावण । सरकार परिवर्तन हुँदैमा नेपाललाई हेर्ने चिनियाँ नीतिमा परिवर्तन नहुने नेपालका लागि चिनिया राजदूत होउ यान्छीले बताएकी छिन् । आज अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटका क्रममा राजदूत यान्छीले उक्त कुरा बताएकी हुन् ।

शुक्रवार भएको भेटमा चिनियाँ राजदूत यान्छीले नव नियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै सरकार परिवर्तन हुँदैमा नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा कुनै परिवर्तन नआउने, जुन सरकार आए पनि चिन सधैँ सहयोगी र मित्रवत् सम्बन्ध राख्न तयार रहने धारणा व्यक्त गरिन् ।

राजदूत होउले कोभिड महामारी विरुद्धको लडाइँमा आफूहरू नेपालको साथमा रहँदै आएको बताउँदै चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी गराइन् ।सरकार परिवर्तन हुनसाथ चिनले नेपाललाई हेर्ने दृष्टिकोणमा फरक हुनसक्ने अनुमान भइरहेको बेलामा राजदूतको यस्तो धारणा आएको हो । 

प्रतिक्रिया दिनुहोस्