एमसिसी सम्झौता नगर्न दवाव : ‘नो एमसिसी’को नाराले रङ्गिए इनरुवाका सडक


बेलबारी, १५ श्रावण । पछिल्लो समय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) धेरै बहसको विषयवस्तु बन्न पुगेको छ । चर्चापरिचर्चाको मुख्य विषयवस्तु नै बन्न सफल भएको छ – एमसिसी । 

सत्ता समीकरण बदलिएको परिप्रेक्षमा यो सम्झौताले आर्थिक रूपमा नेपाललाई फाइदा पुगे पनि सम्झौता जस्ताको त्यस्तै पास हुनु हुनुहुँदैन भन्ने आम जनताको माग रहेको देखिन्छ । तसर्थ सम्झौता खारेज गर्न वा यसलाई हुबहु रूपमा पास गराउन नदिन दबाब दिने काम भइरहेका छन् । यसैबिच एमसिसीको खारेज गराउन दबाब दिने उद्देश्यले बिहीबार साँझ सुनसरीको इनरुवामा राँके जुलुस प्रदर्शन गरिएको छ ।

जुलुसमा सहभागी युवाहरूले एमसिसी मुर्दावाद, अमेरिकाका मतियार होसियार होसियार, देश बेच्न पाइँदैन जस्ता नारा लगाउँदै युवाहरूले बजार परिक्रमा गरेका थिए । इनरुवाका सडकहरूमा ‘नो एमसिसी’ लेखिएका नाराले रङ्गिएको थियो । सडक नारासँगै एसएसएन शब्द लेखिएको देखिए पनि यी विरोध प्रदर्शनका घटनाको कसैले आधिकारिक रूपमा जिम्मा लिएको छैन ।

राजनैतिक पार्टीहरू एमसीसीको पक्षमा भए पनि आम जनता भने यसको विपक्षमा देखिएका छन् । अर्थात यसलाई हुबहु रूपमा पास गरिनु हुन्न भन्ने पक्षमा देखिएका छन् । 

प्रतिक्रिया दिनुहोस्