उदयपुर, १५ श्रावण । बहुविवाह मुद्दामा फरार रहेका उदयपुरका एक जना वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ७ का ४९ वर्षीय वडा सदस्य हरिमान कटवाललाई रहेका छन् ।
दोस्रो श्रीमतीसहित उनलाई प्रहरीले काठमाडौँको थानकोटबाट पक्राउ परेको छ । कटवालले सप्तरीको सप्तकोसी नगरपालिका ५ गंगाजलीकी ३२ वर्षीय रमा कोइरालासँग २०७६ चैत्र ११ गते दोस्रो विवाह गरी फरार रहेका थिए ।
लुकीछिपीसँगै बसेको अवस्थामा थानकोटबाट दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी बेदप्रसाद गौतमले जानकारी दिएका छन् । पक्राउ परेका हरिमानलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ भने कोइराला भने ५५ हजार धरौटी बुझाएर तारिखमा छुटेकी छिन् ।
घरमा विवाहित श्रीमती छँदै अर्की श्रीमती लिएर फरार भएपछि हरिमान उनीविरुद्ध परिवारले इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएका थिए ।