कोरोना सङ्क्रमण बढेसँगै झापाका अधिकांश स्थानीय तहमा सिल


झापा, १४ श्रावण । कोरोना सङ्क्रमण बढेसँगै झापाका अधिकांश स्थानीय तहमा सिल गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण उच्च देखिएका झापाका विभिन्न १० वटा स्थानीय तहमा सिल गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

झापाका सिल हुने स्थानीयपालिकाहरूमा मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड रहेका छन् । 

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्क्रमण बढिरहेमा सम्बन्धित पालिकाले नै आवश्यकताअनुरूप आफै सिलबन्दीको निर्णय गर्नसक्ने बताएका छन् । तर जिल्ला कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको सहमतिमै ती पालिका तहमा सिलबन्दी गरिएको प्रजिअ तिम्सिना बताउँछन् । 

सिलबन्दीको अवधिमा अत्यावश्यक सूचीका सवारी साधनबाहेक सबै यातायातका साधनको आवतजावतलाई रोक लगाइएको छ भने यतिखेर बजार पूर्ण रूपमा बन्द गरिएका छन् । 

प्रतिक्रिया दिनुहोस्