सरकारमा सहभागी हुनु पर्नेमा नेपाल–खनाल पक्षीय सांसदहरूको जोड


काठमाडौँ, १४ श्रावण । नेकपा–खनाल पक्षीय सांसदहरूले जोड वर्तमान सरकारमा सहभागी हुनुपर्ने रहेको छ । बुधवार बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानको भवनमा भएको छलफलमा उपस्थित अधिकांश सांसदले सरकारमा सहभागी हुनुपर्ने मत राखेका थिए ।

सांसद मेटमणि चौधरीले वर्तमान सरकारमा सामेल हुनुपर्ने आफूहरूको एकै स्वर रहेको जानकारी दिएका छन् । उनले भने ‘सबै जनाले सरकारमा सहभागी हुनुपर्छ भन्नु भएको छ । हामी सबै एक छौँ । उहाँ (माधव नेपाल) ले पनि सरकारमा सहभागी नहुने भनेर अहिलेसम्म भन्नु भएको छैन ।’

बैठकमा पटक पटक संसद विघटन गरेर अध्यक्ष ओलीले गल्ती गरेको आत्मा ओलोचना गर्नु पर्नेमा जोड दिएको पनि सांसद चौधरीले बताएका छन् ।

उक्त छलफलमा वरिष्ठ नेता नेपालसहित एमालेका १९ सांसद उपस्थित थिए । उता बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहभागी नेपाल पक्षीय नेता विजय पौडेलले भने आफूहरू सरकारमा सहभागी नहुने बताएका थिए । पछिल्लो समय नेकपा एमालेलाई फुटबाट बचाउने प्रयासमा तेस्रो पक्षीय नेताहरू लागिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्