इटहरीबाट छोरालाई कुटपिट गर्ने सौतेनी आमा पक्राउ


इटहरी, १३ श्रावण । इटहरीबाट प्रहरीले छोरालाई कुटपिट गर्ने सौतेनी आमालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–१९ की २५ वर्षीय सौतेनी आमा रहेकी छिन् ।

१२ वर्षीय नाबालक छोरालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा उनलाई मङ्गलवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीले उजुरीको आधारमा पक्राउ गरेर सुनसरी जिल्ला अदालतबाट बालबालिका विरुद्धको हिंसा कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्