राष्ट्रपति भण्डारीले सिन्धुलीगढीको युद्ध सङ्ग्रहालयको उद्घाटन गर्दै


सिन्धुलीगढी, १३ श्रावण । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सिन्धुलीगढीमा निर्माण भएको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्राहलयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कमलामाई नगरपालिकासँगको सहकार्यमा निर्माण सम्पन्न भएको सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज राष्ट्रपतिबाट उद्घाटन हुन लागेको हो । 

नेपाली सेनाले करिब सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन–सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो ।

२४ कात्तिक ०७६ मा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेको उक्त सङ्ग्रहालयमा ऐतिहासिक घटनाक्रम, वीर योद्धाको परिचय र तत्कालीन समयमा प्रयोग भएका हातहतियार राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्