काठमाडौँ, १३ श्रावण । सरकारले अघिल्लो सरकारले नियुक्ति गरेका प्रदेश प्रमुखहरूलाई बर्खास्त गरेर नयाँ प्रमुखको नियुक्ति गर्ने प्रक्रिया सुरु गरेको छ । सरकारले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेसँगै यो प्रक्रिया सुरु भएको हो ।
गण्डकीकी प्रदेशमा पृथ्वी मान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचन नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखको रूपमा नियुक्त गरेकी हुन् । यसअघि गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख थिए ।
ओली नेतृत्वको सरकारले गण्डकी प्रदेशमा माओवादी निकट तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर सीता पौडेल प्रदेश प्रमुखको नियुक्त नियुक्त गरेको थियो भने लुम्बिनी प्रदेशमा धर्मानन्द यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए । त्यस्तै प्रदेश २ मा तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर गत आफू निकट राजेश झा अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।
प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थामा टेकेर नयाँ सरकार बन्ने बित्तिकै पुरानालाई हटाएर आफू निकट मानिसलाई नियुक्त गर्ने परिपाटि हाबी भएको छ ।