प्रभुराम शर्मा बने कायममुकायम प्रधान सेनापति


काठमाडौँ, १३ श्रावण । सरकारले सरकारले नेपाली सेनाका रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधान सेनापति बनाउने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदै गरेकोले शर्मालाई सो जिम्मेवारी दिइएको हो । अवकाशको एक महिना अघि नै बिदा बस्ने परम्परा अनुरूप पूर्णचन्द्र थापाले २४ साउनबाट बिदा बस्ने तयारी गरेका छन् ।

थापाको औपचारिक बिदाइ भने २५ भदौमा मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्