बेलबारी, १३ श्रावण । कर्मचारीमा कोरोना सङ्क्रमण देखिए पछि बेलबारीमा रहेको मालपोत कार्यालयले आन्तरिक रूपमा गरिने प्रशासनिक कार्यबाहेकका सबै सेवाहरू बन्द गरेको छ । कार्यालयले आज सूचना निकालेर १५ गतेसम्म कार्यालयबाट दिइने सेवा बन्द गरेको जनाएको छ ।
केही कर्मचारीहरूमा कोरोना पुष्टि भएकाले साउन १२ गते देखी १५ गतेसम्म आन्तरिक प्रशासनिक कार्यबाहेकका सेवाहरू बन्द गरिएको बताएको छ ।पछिल्लो समय कोरोनाको सङ्क्रमण दर बढ्दो रूपमा पाइन्छ ।
सङ्क्रमण दर बढेसँगै केही स्थानीयपालिकाले भने आन्तरिक रूपमा लकडाउन गर्न थालेका छन् ।