छोराको कुटाइबाट बाबुको गयो ज्यान


इलाम, १२ श्रावण । बुवा आमालाई भगवानको रूप मानिन्छ । तर पछिल्लो समय आफ्नै सन्तानको कुटाइबाट बुवा आमाको मृत्यु भएको खबर आइरहेका छन् । इलामा पनि यस्तै घटना घटेको छ । छोराको कुटाइबाट वृद्ध बाबुको ज्यान गएको छ । 

इलामको देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको हो ।घरायसी विवादका कारण श्रावण ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले कुटपिटबाट घाइते भएका टेकबहादुरको आइतवार राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुखियालाई बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएको थियो तर त्यहाँ उपचार हुन नसके पछि घरतर्फ लैजाने क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्ने छोरालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्