जसपामा यादव पक्षले आधिकारिकता पायो : ठाकुर पक्षले नयाँ पार्टी गठन गर्न पाउने


काठमाडौँ, ११ श्रावण । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको छ । निर्वाचन आयोगको सोमबारको फैसला पछि निर्वाचन आयोगले बहुमतका आधारमा यादव पक्षलाई दिने फैसला सुनायो । 

निर्वाचन आयोगले जसपाको आधिकारिकताको निर्क्योल तत्कालीन सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एक हुँदा हस्ताक्षर गरेका सदस्यको बहुमतको आधार बनाएको छ । सोही आधारमा जसपामा रहेका ५१ जना कार्यकारिणी समितिका सदस्यहरूमध्ये ३४ जनाले उपेन्द्र यादवलाई समर्थन गरेका थिए भने ठाकुरको पक्षमा भने १६ जना मात्र उभिएका थिए । रेसम चौधरीले कतै पनि समर्थन नगरी तटस्थ बसेका थिए ।

जसपामा यादव पक्षले आधिकारिकता पाएसँगै महन्थ ठाकुर पक्षले नयाँ पार्टी गठन गर्न पाउने भएको छ । तर ठाकुर पक्षले भने १५ गतेको सर्वोच्चको अन्तिम फैसलालाई पर्खिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्