निर्वाचन आयोगद्वारा जसपाको विवाद टुङ्गो लगाउँदै


काठमाडौँ, ११ श्रावण । लामो समयदेखि रहेको जसपाको आधिकारिताको विवाद आज टुङिगने आसा गरिएको छ । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी सदस्यहरूको सनाखत ‘हेड काउन्ट’ मार्फत पार्टीको आधिकारिकता टुङ्गो लगाउन लागेको हो । 

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरूको आधारमा विवाद टुङ्ग्याउने निर्णय अनुसार आज सोमवार जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई आयोगमा शरीर डाकेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वमा रहेको इजलासले दल दर्ताको बखतका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको सनाखत गराउन आदेश दिएको थियो ।

आयोगले आज दल दर्ता हुँदाका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरूलाई नागरिकताको सक्कल कपी, मतदाता परिचयपत्रको सक्कल कपी लिएर को–कता भनेर सनाखत गराउन आदेश भएको बताएको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति रहेकोमा अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसँग बहुमत रहेको दाबी गर्दै आएको छ । 

महन्थ ठाकुर पक्षले निर्वाचन आयोगको निर्णयलाई कार्यान्वयन नगर्न अदालतमा रिट दायर गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्