आफूहरूका माग पुरा नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई बुझाए चाबी


काठमाडौँ, १० श्रावण । आफूहरूका सात बुँदे मागको संवोधन नभएको भन्दै यातायात व्यवसायीहरूले सवारीसाधनको चाबी सरकारलाई बुझाएका छन् । आइतबार काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत सरकारलाई चाबी बुझाइएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घले आफूहरूले राखेका सात बुँदे मागहरूको संवोधन नभएकाले सवारी साधन सञ्चालन गर्न नसक्ने जनाउँदै चाबी बुझाएको बताएको छ । बिहीबार उनीहरूले चक्रपथमा सवारी साधनको रयालीसमेत निकालेर सरकारको विरोध जनाएका थिए ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घले सरकारसमक्ष राखेका सात बुँदे मागहरू :- 

१) एउटै प्रदेशभित्र चल्ने गाडीहरूको भाडा समायोजन हुनुपर्ने,

२) यातायात क्षेत्रमा रहेकालाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने,

३) यातायातको भाडा समायोजन गर्नुपर्ने,

४) यातायातको बिमा छुट समायोजन गर्नुपर्ने,

५) सडक कानुन लागू गर्नुपर्ने,

६) यातायातको कागजपत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने,

७) ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने,

प्रतिक्रिया दिनुहोस्