मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक जना डाक्टर पक्राउ


काठमाडौँ, १० श्रावण । मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा ललितपुर महानगरपालिका–२ घर भएका ३६ वर्षीय विजय श्याम रञ्जितलाई पक्राउ गरेको हो ।

उनले एनएमसीको स्थायी दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्र बोक्दै आएका छन् जबकि यो नं रेकडमा उत्तीर्ण देखिँदैन । काठमाडौँको ग्राण्डी अस्पतालमा कार्यरत रञ्जितलाई ब्युरोको टोलीले आइतबार महाराजगन्जबाट पक्राउ गरी ‘लिखतसम्बन्धी कसुर अपराधमा’ कारबाहीको लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरिएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने रञ्जितले चीनबाट सन् २०११ मा एमबिबिएस गरे पनि नेपाल मेडिकल काउन्सिलको परीक्षामा सामेल भए पनि सफल नभए पनि उनले किर्ते गरेर प्रमाण पत्र बनाएको,  यतिसम्म कि रजिष्ट्रारको दस्तखतसमेत उनले किर्ते गरेको पाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्