पौडी खेल्ने क्रममा पानीमा डुवेर केराबारीमा एक जना युवकको मृत्यु


केराबारी, १० श्रावण । मोरङको केराबारीमा पौडी खेल्ने क्रममा पानीमा डुवेर एकजना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर स्थायी घर भइ केराबारी गाउँपालिका–३ का बसोबास गर्ने २४ वर्षीय  किरण श्रेष्ठ रहेका छन् । 

१ नं प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले भोजपुर स्थायी घर भइ केराबारी गाउँपालिका–३ का बसोबास गर्दै आएका वर्षीय किरण श्रेष्ठको हचुवा खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको बताएका छन् । एसपी राईले हचुवा खोलामा पौडी खेल्न ४ बजेतरि पसेका श्रेष्ठको शव राति ९ बजेतिर दहभित्र फेला पारिएको बताए ।

शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्