गठबन्धनको बैठकमा सरकारको प्रभावकारिताको बारेमा छलफल


काठमाडौँ, १० श्रावण । बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा सरकारलाई कसरी प्रभावकारी ढङ्गबाट चलाउने भन्ने विषयमा छलफल भएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका वरिष्ठ नेता माधव नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए । 

बैठकमा मन्त्रिपरिषद् विस्तार, साझा कार्यक्रमलगायतका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको समेत सहभागिता रहेको थियो ।

एमालेको १० बुँदे सम्झौता पश्चात् गठबन्धनबाट बाहिरिने सन्केता दिएका नेता नेपाल ओलीसँगको तिक्तता बढ्दै गएको पाइन्छ । ओलीसँगको तिक्तता बढेसँगै उनको गठबन्धनसँगै नजिकिएको अनुमान लाउन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्