अमेरिकन डलरसहित दुई जना भारतीय नागरिक पक्राउ


विराटनगर, १० श्रावण । अमेरिकन डलरसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउका ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दीप सिंह रोय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १७ मटेरुवा चोक उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले अमेरिकन डलर २२ सय १४ र भारतीय ५०० को ४१७ थान नोट (२ लाख ८ हजार पाँच सय) बरामद गरेको थियो ।

दुवै जनालाई शुक्रवार दिउसो १ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको बेलामा पक्राउ गरी आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्