पछिल्लो २४ घण्टामा २,१९७ ले कोरोना जित्दा ३,११४ नयाँ सङ्क्रमित थपिए


काठमाडौँ, ९ श्रावण । नेपालमा पछिल्लो २४ घण्टामा २,१९७ ले कोरोना जित्दा ३,११४ नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा दुई हजार तीन सय नौ र एन्टिजेन परीक्षणमा आठ सय पाँच जनामा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो अवधिमा १० हजार ६२५ जनाको पिसिआर परीक्षण र चार हजार २८५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म देशभर मृत्यु हुने सङ्क्रमितको सङ्ख्या नौ हजार ६ सय ९५ पुगेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २,१९७ ले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म देशभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४१ हजार पाँच सय ६५ पुगेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्