सिमेन्टको पिलरले लागेर बालकको मृत्यु


इलाम, ९ श्रावण । इलाममा सिमेन्टको पिलरले लागेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका– ६ का बचासदीप रिजालका ८ वर्षीय छोरा ग्रेसदीप रिजाल रहेको प्रहरीले जनाएको छ ।             

प्रहरीले दिएको जानकारी अनुसार शुक्रवार बेलुका पौने ६ बजे छतमा खेल्ने क्रममा घर बनाउनको लागि बनाइराखेको पक्की सिमेन्टको पिलरले लागेर घाइते भएका थिए । पिलरले लागेर गम्भीर घाइते भएका बालक ग्रेसदीपलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पुर्‍याउँदै गर्दा मृत्यु भइसकेको जनाएको छ ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्