लागुऔषधसहित लेटाङका एक जना युवा पक्राउ


बेलबारी, ९ श्रावण । प्रहरीले लागु औषधसहित लेटाङका एक जना युवालाई विराटनगरबाट पक्राउ गरेको छ । प्रहरीले लेटाङ नगरपालिका–६ का २२ वर्षीय रमेश पाँचकोटीलाई विराटनगरबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो र सशस्त्र प्रहरीको बिओपी पोस्ट दरैयाबाट खटिएको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१६ बाट लेटाङका पाँचकोटीलाई नियन्त्रणमा लिएको हो । पाँचकोटीकाे साथबाट प्रहरीले लागु औषध लुपिजेसिक, डाइजेल्याब, एभिल र फेनारगन गरेर १५/१५ एम्पुल बरामद गरेको छ ।

भारतको जोगवनीबाट लागु औषध ल्याउँदै गर्दा पक्राउ परेको पाँचकाेटीलाई आवश्यक कारबाहीका इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्