प्रेम असफल भए पछि आत्महत्या : चितवनकी सुजिता मृत्यु प्रकरण


 चितवन, ९ श्रावण । चितवनकी सुजिता भण्डारीले प्रेममा असफल भए पछि आत्महत्या गरेको तथ्य सार्वजनिक भएको छ । उनको हत्या भएको आशङ्काका अनुसन्धान गरिरहेको प्रहरीले यो रहस्य पत्ता लगाएको हो ।

प्रहरीले सुजीताका आफ्नै ठुलो बुबाको छोरालाई पक्राउ गरेको छ । चितवन प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको छ । 

चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मृतक सुतिजाको पृष्ठभूमिलगायत अन्य गतिविधिको सूक्ष्म अनुसन्धान गर्ने क्रममा उनकै नाताले दाजु पर्ने ठुलो बुबाको छोरा शुकदेव भण्डारीसँग अनैतिक सम्बन्ध रहेको र सोही सम्बन्ध नै सुतिजाको आत्महत्याको कारण भएको बताएका छन् । सुजिता पढ्नका लागि काठमाडौँ जाँदा शुकदेवसँग बसेको र सोही क्रममा उनीहरूबिच प्रेम हुँदै शारीरिक सम्बन्धसमेत स्थापित भएको थियो । त्यसपछि सुजिताले विवाह गर्न दबाब दिँदा शुकदेवले विवाह गर्न अस्वीकार गरेपछि सुजिताले आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले काठमाडौँबाट शुकदेवलाई पक्राउ गरी थप अनुसन्धानको अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्