पत्रकार महासङ्घ तेह्रथुमद्वारा लेखनवृत्ति पुरस्कार तथा प्रेस ज्याकेट वितरण


तेह्रथुम, ६ श्रावण । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा तेह्रथुमले जिल्लामा क्रियाशील पत्रकारलाई लेखनवृत्ति पुरस्कार तथा प्रेस ज्याकेट वितरण गरेको छ । जिल्लामा रहेका ४ जना पत्रकारहरूलाई जनही १० हजार रुपैयाँका दरले लेखनवृत्ति पुरस्कार तथा जिल्लामा क्रियाशील सबै पत्रकारलाई प्रेस ज्याकेटसमेत वितरण वितरण गरेको छ ।

लेखनवृत्तिवापतको रकम भने प्रदेश सरकारको सहयोगमा नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समितिमार्फत प्राप्त भएको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष अमृत बास्तोलाले जानकारी दिएका छन् । प्रेस ज्याकेट भने म्याङ्लुङ नगरपालिकाको न्यायिक समितिको आर्थिक सहयोगमा प्राप्त भएको थियो । 

लेखनवृत्ति पाउनेहरूमा रेडियो मेन्छ्यायेमका कार्यक्रम संयोजक मनु याक्थुम्बा, रेडियो तेह्रथुमकी सृजना तामाङ, नवबिहानी साप्ताहिकका सम्पादक कृष्ण ‘विःदुखी’ गौतम र कारोबार दैनिक तेह्रथुम संवाददाता प्रकाश पाक्साँवा रहेका छन् । 

लेखनवृत्ति पुरस्कार तथा प्रेस ज्याकेट वितरण कार्यक्रममा म्याङ्लुङ नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक पार्वती सानु डाँगी, नेपाल पत्रकार महासङ्घ तेह्रथुमका निवर्तमान अध्यक्ष नरेश ढुङ्गानाको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्