प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर बालुवाटारमा


काठमाडौँ, ६ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको छ । बुधवार बालुवाटारमा भएको भेटमा ठाकुरले आफ्नो पक्षले सरकारसामु राखेको माग र देउवा नेतृत्वको सरकारमा सहभागिताका विषयमा कुरा भएको बताइएको छ ।

जसपा अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न बिहान साढे नौ बजे बालुवाटार पुगेको श्रोतले जनाएको छ । सुरुमा नेकपा एमालेको ओली पक्षसँग निकट देखिए पनि आफ्ना मागप्रति सकारात्मक भए पछि ठाकुर पक्षले श्रावण ३ गते संसदमा देउवाको पक्षमा मतदान गरेको थियो ।

देउवालाई मत दिने क्रममा पार्टी एउटै कित्तामा उभिए पनि उता यादव पक्षले भने ओलीलाई समर्थन गर्नु गल्ती भएको स्वीकार गरेर आउनु पर्ने बताए पछि ठाकुर पक्ष अलमलमा परेको छ । संसदीय दल तथा पार्टीको केन्द्रीय कार्यकारिणी सभामासमेत यादव पक्षको बहुमत रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्