देउवाले फोन गरेर खनाललाई भने ‘तपाई ढुक्क भएर उपचार गर्नुहोस्, सबै उपचार खर्च सरकारले व्यहोर्छ’


काठमाडौँ, ६ श्रावण । पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा उपचाररत एमाले वरिष्ठ नेतासमेत रहेका खनालको उपचार खर्च सरकारले व्यहोर्ने भएको हो । 

मङ्गलवार प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले खनाललाई फोनसंपर्क गरेर उक्त कुरा बताएका थिए । प्रचण्डकै मोबाइलबाट फोन गरेर देउवाले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ढुक्क भएर उपचार गर्न खनाललाई आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले खनाललाई ढुक्क भएर उपचारमा लाग्न, सबै उपचार खर्च सबै सरकारले व्यहोर्ने र उपचारमा कुनै कमी हुन नदिने बचन दिएको प्रधानमन्त्री निकट श्रोतले बताइएको छ । 

मिर्गौला सम्बन्धी रोगबाट पीडित खनालको सबै उपचार खर्च यसअघिकै केपी ओली नेतृत्वको सरकारले गर्ने घोषणा गरेको थियो । सरकारको यो निर्णयको काँग्रेसकै युवा नेता गगन थापाले विरोध गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्