झापा, ५ श्रावण । मोटरसाइकलको ठक्करबाट झापामा एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहाल रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार गए राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पैदल हिँडिरहेका दाहाललाई प्र १०१–०१२ प ५९९० नम्बरको मोटरसाइकलले सोमबार साँझतिर ठक्कर दिएको थियो । दाहाललाई ठक्कर दिने मोटरसाइकलका चालक गौरादह–४ का २८ वर्षीय भरत रिजाल मोटरसाइकलमा सवार गौरादह–४ कै २६ वर्षीय रविन पौडेल र दुवै जनाको विराटनगरस्थित न्युरो अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।