उच्चस्तरीय कार्यदलले सुरु गर्‍यो प्रतिष्ठानका आन्दोलनरत पक्षसँग छलफल


सुनसरी, ५ श्रावण । सुनरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि जारी समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले आन्दोलनरत पक्षसँग छलफल सुरु गरेको छ । 

सरकारले करिब डेढ महिनादेखि जारी समस्याको समाधान गर्न अग्रसरता देखाउँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका वरिष्ठ सचिव वैकुण्ठ अर्याल संयोजक रहेको ८ सदस्सीय उच्चस्तरीय कार्यदल गठन गरेको थियो । 

उच्चस्तरीय समितिसँग मात्रै वार्ता गर्ने भन्दै उपकुलपति ज्ञानेन्द्र गिरीसँगको वार्ता अस्वीकार गर्दै आएका थिए । 

उच्चस्तरीय वार्ता टोलीमा सरकारको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. अर्याल, हरि लम्साल, डा. गुणराज लोहनीलगायतका ९ जना रहेका छन् भने आन्दोलनरत पक्षको तर्फबाट डा. एसपी रिमाल, डा. विष्णु पोखरेल, डा. सन्दीप साहलगायत १५ जना प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी रहेका छन् ।

आन्दोलनरत पक्षले प्रतिष्ठानमा आर्थिक अनियमितता बढेकाले यसको छानबिन गर्नुपर्ने र प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार जना पदाधिकारीको बहिर्गमनको माग राख्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्