काठमाडौँ, ४ श्रावण । नेकपा एमालेको १० औँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा नेपाल –खनाल पक्षीय नेताहरू भने सहभागी भएका छैनन् ।
पार्टीको विधान र आगामी महाधिवेशनबारे छलफल हुने बताइए पनि आजको बैठकमा आइतबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको विश्वासको मत र पार्टीको ह्विप नमानेर देउवाको पक्षमा मतदान गर्ने नेताहरूको विषयले मुख्य स्थान पाउने बताइएको छ ।
आइतबारको संसदमा विश्वासको मत लिने प्रक्रियामा माधवकुमार नेपालसहित एमालेका २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने संस्थापन अर्थात् ओली पक्षीय नेताका रूपमा चिनिने आठ जना सांसदहरूले समेत देउवाको पक्षमा मतदान गरेका थिए ।