काठमाडौँ, ४ श्रावण । संसदबाट विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।भारतीय प्रधानमन्त्री मोदीले देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
मोदीले देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुनेमा पनि विश्वास लिएका छन् ।भारतीय प्रधानमन्त्रीबाट बधाई नपाउँदा विभिन्न चर्चा परिचर्चा भइरहेको बेलामा आइतवार प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् ।
भारतीय राजदूतले भने भारतको तर्फबाट यसअघि नै प्रधानमन्त्री देउवालाई भेटेरै बधाई दिइसकेका थिए ।