प्रधानमन्त्री देउवाले पाए विश्वासको मत : ओली समूहका सांसदलेसमेत गरे देउवाको पक्षमा मतदान


काठमाडौँ, ३ श्रावण । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतवारको प्रतिनिधि सभा बैठकमा नवनियुक्त प्रधानमन्त्री देउवाले विश्वासको मत पाएका हुन् । मतदान हुँदा देउवाको पक्षमा १६५ मत र उनको विपक्षमा ८३ मत परेको थियो ।

देउवालाई नेपाली काँग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल–खनाल तथा ओली समूहका सांसदहरूलेसमेते मत दिएका थिए ।

बैठक सुरु हुँदासम्म पनि विश्वासको मत पाउने स्पष्ट आधार नदेखिए पनि यस अघि ओलीको पक्षमा देखिएको जसपाको महन्थ ठाकुर पक्षलेसमेत देउवालाई समर्थन गर्ने निर्णयसँगै उनको विश्वासको मत पाउने स्पष्ट आधार तयार भएको थियो । असार २८ गतेको सर्वोच्चको संवैधानिक इजलासको फैसलाबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले २९ गतेसम्म विश्वासको मत दिने समय थियो तर देउवाले आइतवार नै विश्वासको मत लिएका थिए । 

त्यस्तै नेकपा नेपालेले आफ्ना सांसदहरूलाई मतदान प्रक्रियामा देउवाको विपक्षमा उभिन ह्विप जारी गरे पनि नेपाल–खनाल पक्षका मात्र नभएर ओली पक्षका मानिने सांसदहरूलेसमेत देउवालाई मत दिएर पार्टीको ह्विपको उल्लङ्घन गरेका छन् । नेपाल खनाल पक्षका २२ जना सांसदले मात्र देउवालाई विश्वासको मत दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्