काठमाडौँ, ३ श्रावण । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । संवैधानिक इजलासको असार २८ गतेको प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला र त्यसको सात दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन दिएको आदेश अनुसार आज प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।
आजकै बैठकबाट नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।