काठमाडौँ, ३ श्रावण । पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित प्रतिनिधि सभाको बैठक सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेपछि आज पहिलो पटक बस्न लागेको हो ।
आइतबार अपराह्न ४ बजे सङ्घीय संसद् भवन बानेश्वरमा बस्न लागेको बैठकमा सरकारले बजेट सम्बन्धी ३ अध्यादेशसहित विभिन्न १६ वटा विधेयकहरू पेस गर्ने तयारी गरेको छ ।
आज पेस हुने ३ वटै अध्यादेशहरू भने अघिल्लो सरकारले ल्याएका अध्यादेश हुन् । शनिवार बसेको मन्त्रिपरिषद् बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरू प्रतिनिधि सभामा पेस गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो ।