काठमाडौँ , २ श्रावण । नेपालमा पछिल्लो २४ घण्टामा थप २,१६४ जना कोरोना भाइरस सङ्क्रमित उपचारपछि निको भएका छन् । यो सङ्ख्या थपिनेको भन्दा २८९ बढी हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १,८७५ जनामा सङ्क्रमण पुष्टि र सोही अवधिमा २,१६४ जना सङ्क्रमण मुक्त भएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप २१ जनाले ज्यान गुमाएका छन् ।
योसँगै देशभर कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या ९,५२७ पुगेको छ । हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७ लाख नाघेको छ ।