काठमाडौँ, २ श्रावण । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । प्रचण्ड शनिवार दिउँसो साढे १ बजे नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् ।
भेटमा उनीहरूबिच परिवर्तित राजनीतिक अवस्था तथा गठबन्धनका बारेमा छलफल भएको बताइएको छ । प्रचण्डको यसअघि नै प्रधानमन्त्री देउवासँग पनि भेट भैसकेको छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता नेपालले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताए पनि १० बुँदे सहमति र नेकपा एमालेको पछिल्लो निर्णयले उनी अप्ठ्यारोमा परेका छन् ।